नियम १०६
मिन्हा सम्बन्धी व्यवस्था
(१) ऐनको दफा २९ बमोजिम मिन्हा दिनु परेमा तीनलाख रूपैंयाँसम्म सम्बन्धित मन्त्रालयको सचिवले र सो भन्दा माथिको रकमको हकमा देहाय बमोजिमको समितिको सिफारिसमा पाँचलाख रूपैयाँ सम्मको मिन्हा सम्बन्धित मन्त्रालयले र सो भन्दा बढी रकमको मिन्हा नेपाल सरकार, मन्त्रिपरिषद्ले दिन सक्नेछः–
(क) मुख्य सचिव – अध्यक्ष
(ख) अर्थ मन्त्रालयको सचिव – सदस्य
(ग) महालेखा नियन्त्रक – सदस्य
(घ) केन्द्रीय तहसील कार्यालयको प्रमुख– सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्नेछ ।